तीजको दर खादा ३०० जना बिरामीः के थियो त्यस्तो दरमा ?

आजभोलि

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका-१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका छन् ।

दर खान गएकी गीता खनालले भन्नुभयो “गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउने क्रममा रहेको छ ।” अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दरखाने क्रममा बिरामी परेको बताउनुभयो । “सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ ।” उहाँले भन्नुभयो, “खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।”

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताउनुभयो । खरेलले भन्नुभयो, “झण्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीका घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक र बनेपा धुलिखेलका अस्पतालमा गरी २०० भन्दा बढीको उपचार भइरहेको छ । कोही आफ्नै ढङ्गले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । सामूहिक भोजमा भएका कारण एकै पटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेकाले सङ्ख्या एकीन हुन नसकेको गिरीले बताउनुभयो । उहाँका अनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीय बासिन्दाले जानकारी दिएकाले ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौँस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ ।

  • २३ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !