पर्यटन क्षेत्र ठप्प पर्ने चेतावनीसहित श्रमिकद्वारा आन्दोलनको घोषणा

आजभोलि

काठमाडौं । सरकारले ३९ औं विश्व पर्यटन दिव धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति निकालेर यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् ।

अन्नपूर्ण तथा मनाश्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लब लगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिकमाथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाद्धारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरुमाथि भएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै पर्यटन मजदुर संगठनहरुले उक्त चेतावनी दिएका हुन् ।

पर्यटन मजदुरहरुले केही होटल संचालकले केही ब्यक्ति राखेर अन्नपूर्ण र मनाश्लु पदमार्गमा श्रमिकले खाना खाएपनि वा नखाएपनि २०० रुपैंया लिएर श्रमिक माथि ठगी गर्ने र सिन्डिकेट लगाउने कार्य भईरहेको भन्दै संयुक्तरुपमा विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटन मजदुर संगठनहरुले यस विषयमा चासो दिई सिण्डिकेट लागु गर्न उदृत व्यवसायी एवं सरोकार पक्षलाई तुरुन्तै कारबाही गर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा वन तथा वातावरण मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबीच आपसी समन्वय गरी श्रमिक संगठनबीच वार्ता र सम्वादमार्फत यथासिघ्र समस्या समाधान गरियोस् भनी माग गरिएको छ । तत्काल समस्याको समाधान नभएमा १४ गतेदेखि आन्दोलन थाल्ने र असोज २२ गतेसम्ममा पनि माग पुरा नभएमा ट्रेकिङ पदमार्ग बन्द गर्ने र विदेशी एजेन्सिमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन कार्यालय लगायत सरोकार क्षेत्रका कार्यालयमा धर्नाका साथै तालाबन्दी गरिदिने उनीहरुको चेतावनी रहेको छ ।

  • १५ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !