कांग्रेस उपसभापतिमा गच्छदारः किन गरे देउवाले रातारात अप्रत्यासित निर्णय ?

आजभोलि

कांग्रेस उपसभापतिमा गच्छदारः किन गरे देउवाले रातारात अप्रत्यासित निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई उपसभापतिमा नियुक्त गरेका छन् । उनले पार्टीको केन्द्रीय समितिको बैठक अघि उक्त निर्णय गरेका हुन् ।

नेपाली कांग्रेसको वर्तमान विधानमा एक जना उपसभापतिको मात्र व्यवस्था गरिएको छ । तर राजनीतिक आवश्यकताको आधारमा गच्छदारलाई उपसभापतिमा नियुक्ति गरिएको कांग्रेस देउवाको सचिवालयले जनाएको छ । यसअघि बिमलेन्द्र निधीलाई उपसभापतिमा मनोनयन गरिसकेको छ ।

पछिल्लो पटक नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा सभापति देउवालाई एक्लाउन खोजिएकोले आफ्रनो गुट बलियो बनाउन देउवाले नयाँ चाल चलेको बताइएको छ । पछिल्लो समय महामन्त्री सशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य प्रकाशमान सिंह तथा कृष्ण सिटौला समूह पनि देउवाको विपक्षमा उभिदै आइरहेको छ । यसले देउवालाई आन्तरिक पार्टीमा कमजोर बनाएको छ ।

महामन्त्री पूर्ण बहादुर खड्का पनि देउवासँग नरहेको एक जना देउवा निकट नेताले जनाए । साथै निधीको दरो भरोशा नभएकाले गच्छदारलाई अघि सारिएको उक्त श्रोतले जनाएको छ । गच्छदार आफै चतुर नेताका रुपमा चिनिन्छन् ।

गच्छदार नियुक्तिसँगै मधेश तथा तराईमा पनि शक्ति सन्तुलन हुने बुढानिलकण्ठ श्रोतले जनाएको छ । मधेशमा निधीको मनलाग्दी रोक्नका लागि पनि गच्छदार उपयुक्त र सक्षम नेता रहेको देउवाको बुझाइ रहेको जनाइएको छ ।

  • २० कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !