स्मार्ट लाइसेन्स नीजि कम्पनीलाईः मन्त्रीपरिषद्को निर्णय नै शंकास्पद

आजभोलि

स्मार्ट लाइसेन्स नीजि कम्पनीलाईः मन्त्रीपरिषद्को निर्णय नै शंकास्पद

काठमाडौं । नेपाल सरकारले सवारी चालक अनुमति पत्र छाप्ने जिम्मा एक निजी कम्पनीलाई दिएको छ । सरकारले मालिका इन कार्पोरेटलाई जिम्मा दिएको जनाएको छ ।

विभागले जनाए अनुसार सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० ४० हजारप्रति छपाइ भएको छ । छपाइको जिम्मा पाएको मालिका इन कर्पोरेटले १५ दिनमा त्यति प्रति लाइसेन्स छपाइ गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार कर्पोरेटले छाप्न सुरु गरेको ४५ दिनमा करिव छ लाख लाइसेन्स छापेर सक्ने सम्झौता भएको थियो, तर १५ दिनमा जम्मा ४५ हजार मात्र छापिएको छ ।

गत भदौं ३१ गतेको मन्त्रिपरिषद्को निर्णयले मालिका इन कर्पोरेट कम्पनीलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न जिम्मा दिइएको थियो ।

मन्त्रीपरिषद्को निर्णयले झन शंका उत्पन्न गराएको छ । सार्वजनिक प्रतिस्प्रर्धा नगरि मन्त्रीपरिषद्ले गरेको निर्णय झन आशंकाको घेरामा रहेको विज्ञहरुले जनाएका छन् । हेर्दा पारदर्शी जस्तो भएपनि यसको भित्री रहस्य भयानक हुन सक्ने विज्ञ जनाए ।

भ्रष्टाचार, ढिलासुस्ती, अनियमितताको उपनाममा परिचित यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्टमा पारदर्शीता गरेको होला भन्नु आफैमा हास्यास्पद तर्क हो, उनले भने ।

स्मार्ट कार्डमा विभागका उच्च कर्मचारी, मन्त्रालयका उच्च अधिकारी तथा मन्त्रीको समेत संलग्नता रहेको हुन सक्ने श्रोत दाबी गरेको छ । तलदेखि माथिसम्मको सेटिङ्ग विना यो कार्य सम्भव नरहेको श्रोतले जनाएको छ ।

सरकारले लामो समयसम्म कार्य गर्दा पनि उपलब्धि हासिल गर्न नसकेको अवस्थामा निजी कम्पनीले कसरी ३ महिनामा यत्रो स्माट कार्ड प्रिनट गरी वितरण गर्न सक्छ ? यो झन शंकाको विषय हो । यसले मन्त्रीपरिषद्कोे निर्णयलाई अझ अविश्वासीलो बनाएको उनले बताए । सरकारले जति गर्दा पनि आवश्यकता अनुसार प्रिन्ट गर्न नसक्ने तर निजी कम्पनि रातारात ४५ हजार कार्ड प्रिन्ट गर्न सक्ने, योत अचम्मको चमत्कार भयो, उनले भने ।

यसरी स्मार्ट कार्ड वितरण प्रकृया तथा उसले दिने गुणस्तरमा अझै विश्वास गर्न सकिने आधारहरु प्रशस्त नरहेको जनाइएको छ ।

  • २२ कार्तिक २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !