बलिष्ठ राष्ट्रपति

आजभोलि

सम्पादकीय

बलिष्ठ शब्दको अर्थ हुन्छ, तेजवान । शक्तिशाली । बलवान । तागतिलो । बढी बल तथा बुद्धि भएको । सत्य युगमा राजा तथा ऋषिहरुले तपस्या, योग, ध्यान तथा साधनाबाट शक्ति प्रदान गर्थे । र आफूलाई बलिष्ठ कहलाउथे । सोही बमोजिम सत्यको पक्षमा उपयोग गर्थे । सबैले जयजयकार गर्थे । समय बदलिएको छ । तप, ध्यान, योग तथा अरुले हैनकी राजनीतिक शक्तिका आधारमा बलिष्ठ हुने युग आयो । अरुका लागि हैनकी आफ्ना लागि शक्तिमान बन्ने जमाना आयो । नेपालमा राष्ट्रपति वा प्रधानमन्त्री बलिष्ठ तर आफ्नै लागि बन्ने प्रचलले बढावा पाइरहेछ । संविधानतः कमजोर राष्ट्रपति राजनीतिक रुपमा बलिष्ठ बन्दैछन् ।

राष्ट्रिपति विद्या देबी भण्डारीलाई पूर्ववर्ति शेर बहादुर देउवा सरकारले गाडी किन्न छुट्याईएको ४ करोड रुपयाँ अपुग भयो । राष्ट्रिपति कार्यालयले सेना मार्फत १६ करोड थप माग गर्यो । राष्ट्रिपति कार्यालयले २० करोडको विलासी गाडी किन्ने योजना सरकारलाई पेश गर्यो । तर पूर्व सरकारले यसलाई अस्वीकार गर्यो । र, यो प्रकृया बीचमै अड्कीयो ।

प्रधनामन्त्री केपी शर्मा ओलीको सरकारले १६ करोड मागेकोमा १४ करोड ३० लाख रुपया स्वीकृत गर्यो । १८ करोड ३० लाखमा राष्ट्रपतिको लागि अति सुविधासम्पन्न गाडी सहित ८ ओटा अरु सुरक्षाका गाडी किन्नका लागि रकम छुट्याइएको छ । अर्थमन्त्रालबाट स्वीकृत भई प्रकृया अघि बढाएको सार्वजनिक भएको छ ।

जनताको करबाट उठेको पैशाले गणतान्त्रिक नेपालको राष्ट्रपतिलाई यति महंगो गाडी किन आवश्यक ? के उनी नेपाली जनता भन्दा उपल्लो तहको प्रतिनिधी हुन ? वा उनलाई गरिब देशको धनी राष्ट्रपति बन्न केले उत्प्रेरित गर्यो ? उनलाई महंगो गाडी नभइ नहुने के आइलाग्यो ? सामाजिक संजालमा यस्तै प्रश्नहरु उठेका छन् । चर्को आलोचना भइरहेको छ ।

राष्ट्रपति पद सम्मान तथा मार्यादाको पद हो । उनीले गाडी चढेर दैनिक सार्वजनिक कार्यक्रममा जाुन पदैन् । उनी कार्यकारी पनि हैनन् । किन उनलाई यति महंगो गाडी चाहियो । कसलाई देखाउनु पर्नेछ । नेपालको हैसियत दुनियालाई थाहा छ । महंगो गाडी चढेर जनातको जीवनशैलीमा परिवर्तन पनि आउँदैन् । नत उनलाई उच्च सुरषा चुनौति छ । समान्य अवस्थामा पद अनुसार सुविधा लिएर उपभोग गर्दा कसैले बिरोध गरेका पनि छैनन् ।

राष्ट्रपतिको गाडी प्रकरण मात्र हैन् । दशैको टिका प्रकरण पनि उस्तैछ । टिका लगाउँदा लम्पसार भएर घुडा टेकेर टिका लगाएको पनि ठूलो बिरोध भयो । पूर्वप्रधानन्यायधिश तथा उच्च पदस्थ व्यक्तिले घुँडा टकेर टिका लगाएका थिए । उनले प्रधानमन्त्री लगायतका केही व्यक्तिलाई कुर्सीमा बसालेर टिका लगाए पनि अधिकांश व्यक्तिलाई भुईमा घुँडा टेकाएर आफू सजिएको कुर्सीमा बसेर टिका लगाएका थिए । जनु आधुनिक समाजका लागि लज्जाको विषय हो । अब नेपालमा रैति र राजा छैनन् ।

सँगै, राष्ट्रपतिलाई डिस्टर्व भयो भनेर प्रहरी मुख्यालय तथा प्रतिष्ठान सार्ने कुरा बाहिर आएको छ । ठूलो संरचनामा लामो समयदेखि काम गर्दै आएको प्रहरीलाई नयाँ ठाउँमा सार्ने र त्यसमा राष्ट्रपतिका लागि आवश्यक संरचना बनाउने कुरा उचित हैन् । किन चाहियो राष्ट्रपतिलाई त्यति ठूलो ठाउँ ? अहिलेको स्थान पनि प्रसस्त छ । किन राजदरबार जस्तो अलिशासन बंगला र ठाउँ चाहियो । राष्ट्रपतिलाई के कमी भयो ? केका लागि थप ठाउँ चाहियो । अनावश्यक स्वार्थले राष्ट्रपतिको शाख गिर्दैछ ।

राष्ट्रपतिले शेर बहादुर देउवाको सरकारले राष्ट्रिय सभाको मनोनित सदस्यको लागि गरेको सिफारिस लामो समय अड्काइन । कानुन बमोजिम स्वीकृति गर्नु व्यवस्थालाई उनले राजनीतिककरण गर्दै स्वीकृति गरिनन् । जसले गर्दा राष्ट्रपति जस्तो तठस्थ पदको गरिमा कमजोर भयो । उनीप्रतिको आस्थामा कमी आयो । जनस्तरबाट ठूलो आलोचना भयो ।

विद्या देवी भण्डारी राष्ट्रपति भएपछि राष्ट्रपति पद बारम्बार बिबादमा पर्दै आएको छ । जनस्तरबाट चर्को आलोचना भइरहेको छ । लोकतन्त्रमा जनातको आवाज महत्वपूर्ण हुन्छ । राष्ट्रपति कुनै बंशज वा कसैको निगाहबक्स हैन् । यो जनता मार्फत चुनिएको संस्था हो । यसकारण जनआवाजसँग राष्ट्रपतिको प्रत्यक्ष सरोकार रहन्छ । रहनु पनि पर्छ ।

राष्ट्रपति राजा होइन् । अहिलेको समय लोकतान्त्रिक गणतन्त्र हो । अर्थात् जनातको युग हो । जनता भोकै मर्ने । औषधि नपाएर रोगी भएर बाँच्नु पर्ने । पीडा र अभावमा छटपटाइरहनु पर्ने । छोराछारीलाई स्कुल पठाउन नसक्ने अवस्था आइरहने । र, बेरोजगारीले अरब खाडीमा काम गर्नु पर्ने । अनि राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुले ऐसआराम र मस्तीको जीवन जीउनु पर्ने ? यो कस्तो लोकतन्त्र हो । हामी कसरी लोकतन्त्रको अभ्यास गइरहेका छौ । मुलुकले कुन दिशा अबलम्बन गर्दैछ ? यी अहिलेका अहम् प्रश्न हुन् ।

राष्ट्रपति राष्ट्रप्रमुख भएकाले उनलाई चाहिने सेवा सुविधा उपलब्ध गराउनु पर्छ । जुन राष्ट्र, जनता, लोकतन्त्र सबैसँग जोडिएको विषय हो । तर उनलाई किन नचाहिदो सेवका लागि जनताले तिरेको करको दुरुपयो गर्ने । उच्च सुविधायुक्त गाडी, अलिशान बंगला, राजाको जस्तो शान र मान आवश्यक किन ? महंगा र उच्च सुविधाले मान बढ्ने हैन् । मानका लागि जनताको मन जित्नुपर्छ । जनताको सेवा गर्नुपर्छ । जनताको करबाट १८ करोडको गाडि किनेर र आफ्नो अघि जनतालाई घुँडा टेकाएर राष्ट्रपतिको  मान, इज्जत र प्रतिष्ठा बढ्दैन ।

  • ३ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !