प्रकाश मिलनसार र व्यवहारिक युवा : प्रधानमन्त्री ओली

आजभोलि

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा प्रचण्ड निवास खुमलटरमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन प्रधानमन्त्री ओलीले भन्नुभयो विभिन्न मानिसका विभिन्न माग, आक्रोस सुनेर त्यसको निरुपण पनि गरिदिनु पर्ने हुन्छ । तर त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।

प्रकाश दाहालको मृत्यूको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार,पार्टी र राष्ट्रलाई नै क्षती पुगेको प्रधानमन्त्री ओलीको धारणा थियो ।

 उमेर, अपेक्षा,समय बाँकी हुंदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणी छ ।

कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित प्रकाश दाहाल स्मारिका उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्र रुपमा विमोचन गर्नुभयो ।

प्रकाश दाहालको गत वर्ष मसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।

  • ३ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !