प्रचण्ड पुगे अस्वस्थ भरतमोहन भेट्न अस्पताल

आजभोलि

प्रचण्ड पुगे अस्वस्थ भरतमोहन भेट्न अस्पताल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उनले जानकारी लिएका हुन् । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेका थिए ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ । उनलाई डा राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ । रासस

  • ५ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !