संसारको ठूलो ज्यान भएका रोली नेपाल आउने

आजभोलि

संसारको ठूलो ज्यान भएका रोली नेपाल आउने

काठमाडौैं। ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् ।

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिए ।

बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो, प्रो कार्ड बिना मिस्टर ओलम्पियामा भाग लिन पाउँदैन”, गुरुङले बताए ।

त्यसैका लागि तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लाग्नुभएको हो ।

आगामी फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’मा अतिथिको रुपमा विङलार काठमाडौँ आउन लागेका हुन् । विङ्कलार बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन् । उनको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा एक लाखभन्दा बढी ‘फलोअर’ छन् ।

  • ६ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !