दुई रुपैया किलोमा पनि बिकेन बन्दा, किसानले लगाए बारीमा डोजर

आजभोलि

चितवन बजार मूल्यभन्दा पन्ध्र गुणा कम मूल्यमा तरकारी बिक्रि नभएपछि पूर्वी चितवनका एक तरकारी किसानले आफ्नो तरकारी बारीमा डोजर लगाएका छन् । 

खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुरन महतोले तरकारीको मुल्य नपाएको भन्दै खेतमै डोजर लगाएर तरकारी नष्ट गरेका हुन् । 

उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयामा किनिरहेको मुला र ३० रुपैया प्रतिकेजीमा किनिरहेका छन् । तर बन्दालाई ब्यापारीले प्रतिकेजी दुई रुपैया लैजाउ भन्दा पनि नलगेपछि महतोले खेतमै डोजर लगाए ।

‘लगानी र मेहनत नै नउठेपछि डोजर लगाएँ’ महतोले भने ‘व्यापारीले आफू खुसी तोकेको मुल्यमा दिनुभन्दा नष्ट गर्न उचित लाग्यो । सित्तैमा लैजाउ भन्दा समेत पनि मानेनन् ।’ महतोले अर्काको जग्गा भाडामा लिएर तरकारी लगाएका थिए । 

मल, बीउ, सिंचाई, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी सित्तैमा लैजाउ भन्दा पनि व्यापारी लैजान नमानेको महतोको भनाई छ ।

उनले १६ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलामा डोजर लगाएका हुन् । उनले १० लाख बरावरको घाटा भएको बताए । ‘ट्याक्टरले जोत्यो भनेपनि अर्को तरकारीमा किरा लाग्ने सम्भावना हुन्छ’ उनले भने ‘त्यही भएर डोजर लगाएर बन्दा र मुला नष्ट गरेको हुँ ।’ 

२६ कठ्ठा क्षेत्रफलमा उत्पादन गरेको बन्दा र मुलाको मूल्य नपाउँदा अहिलेसम्म करिब १५ लाख रुपैयाँ नोक्सान भएको महतोेको भनाई छ ।

महतोको अझै १० कठ्ठामा लगाएको बन्दा तयारी अबस्थामा छ । उनी अझै पनि तरकारीको भाउ आउनेमा आशावादी छन् । अब १० दिनसम्म पनि बन्दा र मुलाको भाउ आएन भने बाँकी १० कठ्ठामा पनि डोजर लगाएर तरकारी नष्ट गर्ने योजना उनले बनाएका छन् ।

महतोले खेतमा बन्दा, काउली, भेन्टा, केराउ, खुर्सानी, आलु र राजमा लगाएका छन् । सबै तरकारी बजार पठाउने बेला भइसकेको छ । उनको बोड, करेला र घिरौला लगाउने योजना बनाएका छन् । ‘हामीले उत्पादन गरेको तरकारी व्यापारी बिचौलियाले लिनै मान्दैनन्’ महतोले भने ‘तरकारीको आयात बढ्दै गएका कारण हाम्रो उत्पादनले बजार नपाएको होला ।’ अहिलेसम्म यस्तो अबस्था नआएको महतोले दुखेसो छ ।

  • १२ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !