अमेरिकाले माग्यो सरकारसँग भेनेजुयलाबारे आधिकारिक धारणा

आजभोलि


काठमाडाैं । अमेरिकाले भेनेजुयलाकाे पछिल्लाे राजनैतिक घटनाक्रमबारे नेपाल सरकारको ‘आधिकारिक’ धारणा माग गरेको छ । 

सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको पछिल्लाे राजनैतिक घटनाक्रमलाई लिएर अमेरिकी नीतिको विरोध गर्दै वक्तव्य जारी गरेका थिए । उनले वक्तव्यमा राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गरेका थिए ।

सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको आधिकारिक धारणा प्रस्ट पार्न आग्रह गरेको हो ।

भेनेजुयेलाकाे राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि त्यहाँ राजनीतिक संकट चुलिएको छ ।

भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन् । अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन् । रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वाचित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन् ।

यही सन्दर्भमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए । उनकाे याे वक्तव्य आएपछि त्यसकाे पक्ष र विपक्षमा बहस सृजना भएकाे छ । 

कतिपयले भेनेजुयेलामाथि अमेरिकी हस्तक्षेपकाे विराेधमा अाएकाे साे वक्तव्य सही भनेका छन् भने कतिपयले चाहिँ वक्तव्य कूटनीतिक मर्यादाविपरीत रहेकाे टिप्पणी गर्दै यसले अमेरिकासँग नेपालकाे सम्बन्ध कमजाेर हुने बताइरहेका छन् ।

प्रचण्डले जारी गरेको विज्ञप्ति

  • १४ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !