बुद्ध जयन्तिको अवसरमा बौद्धनाथमा सरसफाई , बालसचेतना केन्द्रको पनि सहभागिता

आजभोलि

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औँ बुद्ध जयन्तीको पावन अवसरमा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा गरीएको बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बुद्ध जयन्तीका अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजक तथा २५६३ औं बुद्ध जयन्ती मुल समारोह समितिको आयोजनामा भएको उक्त सरसफाई कार्यक्रममा लायन्स कल्ब अफ काठमाडौं ,नेपाल प्रहरी , विभिन्न विद्यालयका विद्यार्थीहरु लगाएत यस क्षेत्रका ८० भन्दा बढी सङ्घ संस्थाको सहभागितामा भइ बौद्धनाथ स्तुपा परिसर र बौद्ध क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

यसैगरी विगत चार पाँच वर्ष देखि बौद्धनाथ क्षेत्र विकास समितिको हरेक कार्यक्रममा सहभागीता जनाउँदै आएको बालसचेतना केन्द्र नेपालको सम्पुर्ण टिम पनि उक्त सरसफाई अभियानमा सरिक भएका थिए ।

बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकीर्तन, साँझमा दीपावली गरिने छ ।

जयन्तीका अवसरमा शान्ति दौड, शान्ति -याली, प्रवचन लगायत कार्यक्रमसमेत गरिने जनाइएको छ । यसै अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिको शान्ति (याली कार्यक्रम भोली दिउँसो १ बजे तय गरिएको छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !