सत्यमोहनलाई कहिल्यै बिर्सने छैनौं :राजदूत यान्छी

आजभोलि

सत्यमोहनलाई कहिल्यै बिर्सने छैनौं :राजदूत यान्छी

संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीसंग नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले भेटघाट गरेकी छन् ।

शुक्रबार ललितपुरको बखुम्बहालस्थित संस्कृतिविद, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमै पुगेर भेटघाट गरेकी हुन् ।

१०० वर्षे जीवनयात्रामा रहेका शताब्दी पुरुष जोशीलाइ भेटेर राजदुत यान्छीले संस्कृतिविद सत्यमोहन जोशीले नेपाल चीन मित्रतामा पुर्याएको योगदानको स्मरण गर्दै चिनियाँ नागरिकले कहिल्यै नबिर्सने बताएकी छन् ।

उनले नेपाल–चीन सम्बन्धलाई चिरस्थायी बनाइ राख्नका लागि जोशीकोे पदचाप पछ्याउन नयाँ पुस्तालाई आह्वान पनि गरिन् ।

सन् १९६० मा सत्यमोहन जोशी नेपाली भाषा पढाउन पेकिंग ब्रोडकास्टिङ इन्सटिच्युटमा गएका थिए । उनले सन् १९७० मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञको रुपमा कामसमेत गरेका थिए ।

चीन बसाइको क्रममा उनले नेपाली कलाकार अरनिको बारेमा अनुसन्धान गरेका थिए । अरनिको सम्बन्धी ऐतिहासिक तथ्यमा आधारित रहेर अरनिको ह्वाइट प्यागोडा ग्यालरी काठमाडौंको कीर्तिपुरमा पनि स्थापना गरेका छन् ।

कुराकानीका क्रममा राजदूत यान्छीले जोशीलाई चीन भ्रमणका लागि प्रस्ताव गरेकी थिइन्। तर, संस्कृतिविद् जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको भन्दै अस्वीकार गरे।

भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद् जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामनाका साथै मायाको चिनो प्रदान गरेकी थिइन्।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !