प्रधानमन्त्रीद्वारा २५६३ औं बुद्ध जयन्ती र उभौलीको शुभकामना

आजभोलि

प्रधानमन्त्री केपीशर्मा ओलीले विश्वशान्तिका अग्रदूत गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्रभएको बताएका छन् ।

२५६३ औं बुद्ध जयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उनले सो शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको छन् ।

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,“संसारमादुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षादिए ”जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे । समनताको सिद्धान्तको प्रतिपादन गरे । त्यसैले गौतम बुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।”

प्रधानमन्त्री ओलीले बुद्धकाविचारहरू जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धितभएकोले नै विश्वभर प्रसिद्ध र लोकप्रियबन्न सकेको उल्लेख गरेका छन् । उनले संयुक्त राष्ट्रसंघले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तको रुपमाअवलम्बन गरी संसारलाई त्यसै अनुरूपशान्तिको बाटोमा डोहो¥याउन खोजेको बताएका छन् ।

प्रधानमन्त्रीओलीले बुद्धकोजन्मस्थललुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीय स्थलको रुपमाविकास गर्न सरकार सधैं सकारात्मक रहेको सन्देशमा उल्लेख गरेको छ । बुद्ध जयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्वशान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपीशर्मा ओलीले किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरको पनि शुभकामना सन्देश जारी गर्दै नेपालमा बसोबास गर्ने विविधजाती,भाषा र धर्मावलम्बीहरुको एकतागर्व गर्न लायक रहेको बताएका छन् ।

सरकार समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशिल रहेकोले वर्तमान सरकार समानता सहितको समृद्ध नेपालनिर्माण गर्ने पक्षमा भएको बताए ।

यस अभियानमा नेपालका सबै जाती,भाषा र धर्मकामानिसहरुको सक्रिय ऐक्यवद्धताको पनिआवश्यकता छ ” प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !