प्रेस तथा मानवअधिकार कुण्ठित हुनेगरी संसदमा ल्याएका विधेयक पास हुन दिदैनौ : सभापति देउवा

आजभोलि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार कुण्ठित हुनेगरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको बताए ।

जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा विधेयक पारित हुन नदिने उनले बताए । उनले सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर रेलिङ नभत्काउने बताए ।

देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गरे । अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उहाँले सरकारले डेढ वर्षमा केही नै नगरेको टिप्पणी गरे ।

पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश दिएको उनले बताए ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !