भुम्लु गाँउपालिका वडा नम्बर ६ कोलातीभुम्लुको तेस्रो वडा भेला सम्पन्न

आजभोलि

भुम्लु गाँउपालिका वडा नम्बर ६ कोलातीभुम्लुको तेस्रो वडा भेला सम्पन्न

काभ्रेपलान्चोकको भुम्लु गाँउपालिका वडा नम्बर ६ कोलातीभुम्लुको आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम सम्बन्धी तेस्रो वडा भेला सम्पन्न भएको छ ।

भुम्लु गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष भरत बहादुर शिवभक्तिले वडाबासीका आवश्यकता अनुसार कार्यक्रम ल्याइने बताए । उनले आफ्नो वडामा पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शैक्षिक र आर्थिक विकासमा जोड दिएको बताए ।

वडाको प्रगति तथा योजनाका विषयमा जानकारी गराउँदै उनले विकास निर्माण गर्न आफू सधैं लागेको बताउँदै जनताबाट आएका विकासका माघहरु आफूलाई सबै याद रहेको र क्रमश जनताको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा वडा भेलामा सहभागिहरुले आत्मनिर्भरताका लागी शिपमुलक तालिम,सरसफाई माथी बढि जोड दिनुका साथै सामाजिक एवम् सांस्कृतिक पहिचानको उत्थानका लागि पनि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

भेलामा विभिन्न राजनीतिक पार्टीहरुका नेता, समाजसेवि, शिक्षक, महिला, समाजका अगुवाहरु, वडाका विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

  • २० असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !