‘स्वास्थ्य, शान्ति, प्रेम र आनन्द महत्वपूर्ण’ : योग गुरु शर्मा

आजभोलि

‘स्वास्थ्य, शान्ति, प्रेम र आनन्द महत्वपूर्ण’ :  योग गुरु शर्मा

बानेश्वर, मिनभवन र आलोकनगर क्षेत्रका योग साधक÷साधिकाहरुलाई लक्षितगरि नेपाल कमर्श क्याम्पस मिनभवनमा शनिबारदेखि औपचारिक रुपमा जीवन विज्ञान योग प्रयोगशाला केन्द्र स्थापना गरिएको छ ।

कमर्श क्याम्पसले उपलव्ध गराएको स्टेज र खाली चउरलाई प्रयोग गरि हरेक विहान पौने पाँचबजेदेखि सवा ६ बजेसम्म निःशुल्क योग साधनाको साथै अध्यात्म सिकाइने केन्द्रका अध्यक्ष पुर्व प्रहरी नायव उपरिक्षक सुरेन्द्र प्रसाद भट्टले बताए ।

केन्द्रको औपचारिक उद्घाटन गर्दै जीवन विज्ञान योग केन्द्रका संरक्षक÷अध्यक्ष एव्म योग तथा अध्यात्म गुरु एलपि भानु शर्माले जीवनमा अति आवश्यक चार कुरा स्वास्थ्य, शान्ति, प्रेम र आनन्द पक्ष मजबुत भएमा मानिसले कहिल्यै दुःख नपाउने बताए ।

संसारमा अस्त्रशस्त्र र अरु विषयमा गरिने खर्च योग र अध्यात्मको क्षेत्रमा लगानी गर्ने हो भने धेरै मानिस सुखी, सन्तुष्ट र स्वस्थ हुने दावी पनि उनले गरे ।

कुनै पनि विषय हेरेर, पढेर, सुनेर, देखेर भन्दा आफैंले व्यवहारमा नउतारे सम्म केही काम नलाग्ने भएकोले योग पनि गरेर मात्रै सफल भईने उनले बताए ।

आलोकनगर टोल सुधार समितिका अध्यक्ष एवम् योग प्रयोगशाला केन्द्रका सल्लाहकार डिआर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कमर्श क्याम्पस मिनभवनका प्राचार्य प्रा.डा.जीवनकुमार भट्टराई, सहायक प्राचार्य अजय खड्का, केन्द्रकी उपाध्यक्ष अनुसुया श्रेष्ठ, कोषाध्यक्ष इन्दिरा त्रिपाठी लगायतले योग र अध्यात्मका विविध विषयमा चर्चा गर्दै मिनभवनको योग प्रयोगशाला केन्द्रले थुप्रै योग साधक साधिका बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा केन्द्रका सल्लाहकार डिआर पोखरेलले उक्त केन्द्रको तर्फबाट जीवन विज्ञान योग केन्द्रका संरक्षक एव्म योग तथा अध्यात्म गुरु एलपि भानु शर्मालाई उपहार प्रदान गरे ।

केन्द्रका अध्यक्षपुर्व प्रहरी नायव उपरिक्षक भट्टले योगबारे कविता वाचन गरेका थिए भने कर्मश क्याम्पसका छात्राहरुले धार्मिक नृत्य प्रस्तुत गरेका थिए ।

  • २१ असार २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !