विमानस्थलका सुरक्षाकर्मीलाई सभ्य र शिष्ट बनाउने एसएसपि भण्डारीको प्रयास

आजभोलि

विमानस्थलका सुरक्षाकर्मीलाई सभ्य र शिष्ट बनाउने एसएसपि भण्डारीको प्रयास

त्यसो त आफ्नो घरमा होस या कार्यस्थलमा सबैले नम्र व्यवहार गर्नुपर्ने हो, तर व्यवहारमा त्यस्तो देखिन्न । त्यसमा त सरकारी कार्यालयहरुमा कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने व्यवहारको त कुरै छोडौं ।

विमानस्थल जस्तो संवेदनशिल कार्यालयका कर्मचारीमा शिष्ट र सभ्य भाषा मात्रै नभई अंग्रेजी पनि नआउँदा त झनै बरबाद । जसका कारण अंग्रेजी भाषा ज्ञानको अभावमा विमानस्थल हुँदै नेपाल भित्रिने विदेशी पर्यटकले समस्या भोग्दै आएका छन ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भित्र काम गर्ने सुरक्षाकर्मी मात्रै होइन सम्वद्ध निकायका कर्मचारीको अशिष्ट व्यवहारको सर्वत्र आलोचना भैरहेका बेला विमानस्थलको सुरक्षाको जिम्मा लिएको महानगरीय विमानस्थल प्रहरी कार्यालयले सुधारका काम अगाडि बढाएको छ ।

विमानस्थल प्रहरीले विदेशी पर्यटकलाई सहज संवादको लागि अंग्रेजी भाषा र शिष्ट व्यवहार प्रदान गर्न ५ दिने विशेष तालीमकै आयोजना गरेको विमानस्थल सुरक्षा प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) सन्दिप भण्डारीले बताए ।

त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई यस्तो आवश्यक तालीम दिइएको हो ।

तालीम गत सोमबार सुरु भई शुक्रबार सम्पन्न भएको हो । यस्तो तालीम विमानस्थल प्रहरीको लागि त यसअघि ३ पटक नै आयोजना गरिसकिएको एसएसपि भण्डारीले बताए ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भण्डारीले नेपाल आउने पर्यटकलाई सहज सम्वाद गर्न अंग्रेजी भाषाको तालिम तथा शिष्ट व्यवहार गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

सभ्य, शिष्ट र नम्र व्यवहार गरी यात्रु सेवामैत्री बनाई स्मार्ट प्रहरीको रुपमा छवि उच्च राख्ने उदेश्यले प्रशिक्षण सञ्चालन गरिएको उल्लेख गर्दै एसएसपि भण्डारीलेप्रहरी कर्मचारीलाई ईमान्दार, अनुशासित, व्यवसायिक भई सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न उनले निर्देशन दिएका छन् ।

तलिम लिएका सुरक्षाकर्मीको सेवा प्रवाहबाट कार्यक्रमको सफलतामा समेत सहयोग पुग्ने कुरा बताउँदै तालिमप्राप्त सुरक्षाकर्मीको सेवा प्रवाहबाट भिजिट नेपाल २०२० कार्यक्रमलाई सफलता पार्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

  • २१ असार २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !