सहकारीहरु नगरको कानुन अनुसार चल्नुपर्छ :नगरपालिका प्रमुख बस्नेत

आजभोलि

सहकारीहरु नगरको कानुन अनुसार चल्नुपर्छ :नगरपालिका प्रमुख बस्नेत

पुष्कर खड्का

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरभित्रका संचालित सहकारीहरु नगरपालिकाले बनाएको कानुन् अनुसार चल्नुपर्ने बताएका छन् ।

नगरभित्र संचालित सहकारीहरु नगरपालिकाको पँुजी भएकाले नियम र कानुन् सम्बत ढंगले संस्था चल्नु पर्ने उनले बताए।

कोशिस कृषि सहकारी संस्था लिमिटेड सदरमुकाम मन्थलीमा शनिबार आयोजना गरेको सहकारीको समसामहिक बिषय माथिको छलफल कार्यक्रममा नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् ।

नगरपालिकाभित्र कार्यक्षेत्र बनाएर काम गरेका सवैसहकारीहरुको सेवा प्रवाह गुणस्तरीय नभएको भन्दै उनले यसको व्यवस्थापनका लागि सहकारीहरुबिच मर्च गरेर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा मन्थली नगरपालिकाकाकी उपप्रमुख माया कुमारी कार्कीले नगरपालिका भित्र संचालनमा रहेका ९१ वटा सहकारीहरुको सेवा प्रवाहालाई बलियो बनाउँनका लागि नगरले भुमिका खेल्ने बताइन् ।

मन्थली नगरपालिकाको सहकारी तथा साममाजिक विकास अधिकृत गोविन्द कट्टेलले मन्थली नगरपालिकाभित्र संचालित ९१ वटा सहकारीमध्य १० वटा सहकारीले मात्रै समयमै साधारणसभा गरेर अडिट रिपोर्ट बुझाउने गरेको बताए ।

नगरभित्रका धेरै सहकारीहरु विधि र विधान भन्दा बाहिर रहेर काम गरिरहेकाले नगरपालिका सहकारीहरुको मर्च गर्ने योजनामा रहेको उनको भनाई छ । जिल्ला सहकारी संघ रामेछापका कार्यवहाक अध्यक्ष हिमाल ढुंगेल लगाएतले नगरपालिकाभित्र रहेका सवै सहकारीहरुले नगरले बनाएको कानुन् भन्दा बाहिर गएर काम गर्न नसक्ने बताए ।

कोशिस कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन बुढाथोकीको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीकि सचिव कविता श्रेष्ठले नगरपालिकाले निर्माण गरेको कानुन् अनुसार आफ्नो सहकारीले काम गर्ने बताइन् ।

कोशिस कृषि सहकारी संस्था लिमिटेड जिल्लाका फरक क्षमता भएका व्यक्तिहरुले संचालन गरेको सहकारी हो । १ सय ६५ जना शेयर सदस्य रहेको यो सहकारीले अहिले ४० लाख भन्दा बढिको कारोबार गरिरहेको छ ।

  • २२ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !