सस्र्यूखर्कमा पानी माग्दै एक लाख पिपलपातमा ‘रामराम’

आजभोलि

सस्र्यूखर्कमा पानी माग्दै एक लाख पिपलपातमा ‘रामराम’

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले गाउँमा पानीको हाहाकार भएपछि रुद्री तथा क्षमापूजा गरी शनिबार पानी मागेका छन् ।

उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका थिए ।

वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताए ।

धार्मिक मान्यताअनुसार करीब १०० स्थानीयवासी पूजामा सहभागी थिए ।

त्यसगरी एक दशकअघि नमोबद्ध नगरपालिका भकुण्डेमा वर्षा नहुँदा स्थानीयवासी दाहाल परिवारको अगुवाइमा धार्मिक परम्पराअनुसार नै भ्यागुताको विवाह गरिएको थियो ।

  • २२ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !