रामेछापमा एक पालिका एक उद्योगग्राम आवश्यक : सांसद पौडेल

आजभोलि

रामेछापमा एक पालिका एक उद्योगग्राम आवश्यक : सांसद पौडेल

पुष्कर खड्का

रामेछाप– ३ नं प्रदेश सांसद शान्ति प्रसाद पौडेलले रामेछाप जिल्लामा एक पालिका एक उद्योगग्राम अत्यावश्यक भएको बताएका छन् ।

आइतवार रामेछापको मन्थलीमा ३ नं प्रदेश स्तरीय घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित रामेछाप जिल्लामा उद्योगको संम्भावना र पहिचाहन सम्बन्धि छलफल कार्यक्रमका अवसरमा उनले उक्त कुरा बताएका हुन् ।

उनले अब स्थानीय तहले डोजर प्रयोग गरी बाटोघाटो निर्माणलाई जोड दिने भन्दा पनि एउटा पालिकामा कम्तीमा १ सय जनालाई रोजगारी दिन सक्ने किसिमको उद्योग सञ्चालन गर्नु पर्ने बताए ।

उनले स्थानीय तहमा पर्याप्त भ्रष्टाचार भएको कुरा प्रति इंकित गर्दै १ हजार २ सय को योजनामा २ सयको काम गरे १ हजार खाने प्रबृत्तिको बिकास हुन लागेकोले त्यस्तो नगर्न समेत स्थानीय तहका जन निर्बाचित प्रतिनिधिहरुलाई निर्देशन पनि दिए।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, ले आ आफ्नो नगरपालिकाको संभब्यता अध्ययन गरी उद्योग ग्राम बनाउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

यसैगरी लिखु तामाकोशी गाउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का, गोकुल गंगा गाउपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बिद्यमान पालिकाको बजेट बाट मात्र उद्योग ग्राम बनाउन समस्या हुने भएपनि संघिय सरकार र प्रदेश सरकारले समेत बजेट बिनियोजन गरे उद्योग ग्राम बनाउन सकिने बताएका थिए ।

उक्र अवसरमा मन्थली नगरपालिका पशु सेवा फाँटका प्रमुख मुकुन्द खड्काले नगर क्षेत्र भित्रको पशु पालनको संम्भाब्यता बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाको वडा नं १, २,३,५,६,७ र ८ मा बाख्रा पालनको संभाब्यता रहेको, वडा नं ४,९,१०,११,१२,१३ र १४ मा गाँइ र भैसी पालन बिस्तार गर्न सकिने संम्भाब्यता रहेको र उल्लेखित वडाहरु मध्ये वडा नं १,२,७,१३,१४ मा थप बंगुर र कुखुरा पालन समेत गर्न सकिने संम्भाव्यता रहेका बताए ।

उनले यति धेरै सम्भाव्यता भएको नगरपालिकामा पशु सेवाको क्षेत्रमा अन्यन्तै न्यून कर्मचारीहरु भएकोले एक वडा एक पशु प्राबिधिक हुनुपर्ने बताए ।

  • ३० असार २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !