गुल्मीमा पहिरोले पुरिएर १० जनाको मृत्यु, २ जना घाइते ,दुईजना बेपत्ता

आजभोलि

गुल्मीमा पहिरोले पुरिएर १० जनाको मृत्यु, २ जना घाइते ,दुईजना बेपत्ता

अविरल बर्षा सँगै आएको पहिरोले घर बगाउँदा गुल्मीमा दश जनाको मृत्यु भएको ।

पहिरोमा परेर एकै घरका ८ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेकको ८ जना र वडा ४ लिम्घामा २ जनाको मृत्यु भएको हो । दुई जना बेपत्ता छन् ।

मृत्यु हुनेहरुमा ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक १२ वर्षिया अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक र हिमान्सु बिक रहेका छन् ।

त्यस्तैगरी ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो ।
सोहि वडामा रुद्र बिकको घर बगाउँदा ४० वर्षिया मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।

  • ७ श्रावण २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !