महाधिवेशनको मिति तोकेर तत्काल कार्यतालिका बनाउन कांग्रेस केन्द्रीय सदस्यहरुको माग

आजभोलि

महाधिवेशनको मिति तोकेर तत्काल कार्यतालिका बनाउन कांग्रेस केन्द्रीय सदस्यहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले जारी केन्द्रीय समिति बैठकबाटै महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन माग गरेका छन् ।

केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महाधिवेशनका लागि थोरैमात्र समय रहेको भन्दै अन्तरकालीन व्यवस्थालाई पनि महाधिवेशनकै चरणकारुपमा लैजान माग गरेका छन् ।

विधानमा अन्तरकालीन व्यवस्थाका लागि भौगोलिक आधारमा समिति गठन गर्ने भनेकाले त्यस्ता समितिलाई अधिवेशनको रुप दिएर जान सदस्यहरुको माग छ ।

अन्तरकालीन समितिहरु कसरी निर्माण गर्ने भन्ने विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।

संस्थापन पक्ष सहमतिबाट यस्ता समिति बनाउनुपर्नेमा छ भने इतर पक्ष यसलाई नै अधिवेशन मानेर जानुपर्ने पक्षमा देखिएको छ ।

सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा पनि प्रतिपक्ष दलको भूमिका प्रभावकारी बन्न नसकेको भन्दै सदस्यहरुले आलोचना गरेका छन् ।

  • १० श्रावण २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !