महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्छ : मन्त्री थापा

आजभोलि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताएकि छिन् ।

म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै मन्त्री थापाले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताइन् ।

उनले समाजमा पछाडि परेका महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आर्थिक रुपमा सक्षम र सशक्त बनाउनुपर्ने बताउँदै त्यसै अनुसार देशका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिईन् ।

भौतिक संरचनाको विकासले मात्रै केही नहुने हुँदा समाजमा पछाडि परेका वर्गको उत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक–सामाजिक रुपान्तरणसँगै शोषण, दमन, कुरीति र कु–संस्कारको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिईन् ।

उनले समाजमा रहेको अन्धविश्वास हटाउनका लागि सबै क्षेत्रबाट सचेतनामूलक अभियानहरु चलाउनुपर्ने बताईन् ।

  • १८ श्रावण २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !