धातुबाट निर्मित बुद्धमूर्तिलाई सुनको भन्दै बिक्री गर्ने तीनजना पक्राउ

आजभोलि

धातुबाट निर्मित बुद्धमूर्तिलाई सुनको भन्दै बिक्री गर्ने तीनजना पक्राउ

 कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आइतबार सार्वजनिक गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति १३ लाख रुपैयाँमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

एक महीनाको अवधिमा विभिन्न १६१ मुद्दामा २५२ पुरुष र २९९ महिलालाई पक्राउ गरिएको थियो । सो अवधिमा पाँच हजार ९०० सवारी चालकलाई गरिएको कारवाहीमा ४४ लाख ७५ हजार र अवैध जुवा खेल्नेबाट पाँच लाख ८० हजार ८०० सहित जम्मा ५० लाख ५५ हजार ८०० राजश्व सङ्कलन भएको उनले बताए ।

दर्ता भएका मुद्दामध्ये लागुऔषध १७ , अवैध जुवा खेल्ने १२ स्थानबाट ८४, साइबर क्राइममा ४३ र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ९४मुद्दा दर्ता भएका थिए ।

  • १ भाद्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !