डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

आजभोलि

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

डेंगु संक्रमित दीपायल सिलगढी नगरपालिका वडा नम्बर ६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

माया मेट्रो अस्पतालका डा. विष्णु जोशीले डेंगुको संक्रमण अत्यधिक भएकाले मलासीलाई बचाउन नसकिएको बताए । डोटीमा डेंगुको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । घटनासँगै डोटीका स्थानीयमा त्रास फैलिएको छ । यद्यपि, जिल्ला अस्पताल डोटीमा भने अहिलेसम्म कसैलाई पनि डेंगुको संक्रमण नभएको चिकित्सक डा. भूषण मिश्रले बताए ।

नेपालको पूर्वी भागमा देखिएको डेंगु विस्तारै डोटी, कैलालीलगायतका जिल्लामा पनि देख्न थालिएको छ ।

  • ६ भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !