बाजुराका वडाध्यक्षले दिए सामूहिक राजीनामा

आजभोलि

बाजुराको बडी मालिका नगरपालिकाका ५ जना वडाध्यक्षले समितिमा नबस्ने भन्दै सामूहिक राजीनामा पेस गरेका छन् ।

बहुमतको दम्भ देखाएर विधि विपरीत एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने गरेको भन्दै नेकपाबाट निर्वाचित भएका पाँच जना वडा अध्यक्षले सामूहिक राजीनामा पेस गरेका हुन् ।

वडा नम्बर २ का अध्यक्ष डम्बरबहादुर महतले नगर शिक्षा समिति सदस्यबाट राजीनामा दिएका छन् । वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर रावलले रोजगार निर्देशक समिति सदस्य, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र नाथले नगर स्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य, वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्याले श्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य र वडा नम्बर ९ अध्यक्ष विनोदकुमार वि.कले राजस्व परामर्श समिति सदस्यबाट रानजिनामा दिएका हुन् ।

उनीहरूले नगरप्रमुखलाई ध्यानाकर्षण गराउँदै राजीनामा दिएका हुन् ।
ं०००

  • ६ भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !