सामाजिक संजालमा विज्ञापन गर्दै हुनुहुन्छ ? लाग्न सक्छ मुद्रा अपचलनको मुद्दा

आजभोलि

काठमाडौं । समाजिक संजालमा विज्ञापन गर्ने क्रम बढ्दै गएको छ । यसरी विज्ञापन गर्दा स्वदेशी रकम विदेश गएको छ ।

यही अवस्थालाई मध्यनजर राख्दै नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कडाइ गर्ने भएको छ ।

फेसवुक, ट्वीटर, यूटुबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको र रकम विदेश गएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराउँदै एक सूचना जारी गरेको छ ।

सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गर्दा र  विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गरैकानुनी भएको राष्ट्र बैंकले जनाएको छ । यसो गर्दा विदेशी विनिमय अपचलन हुने भएको भन्दै यस्तो गरे विदेशी विनमय (निमित गर्ने) एेन २०१९ अनुसार कारबाही हुने बैंकले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ । २ वर्षअघि भएको तीनै तहका निर्वाचनमा नेताहरुले विज्ञापनका लागि सामाजिक सञ्जालमा राम्रै खर्च गरेका थिए । फेसबुक पेज बनाउने र फेसबुकलाई पैसा तिरेर प्रचार गर्ने लहरै चलेको थियो ।

त्यसबेला करिब २० करोड रुपैयाँ सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरिएको अनुमान गरिएको थियो । कतिपय नेताहरुले अहिले पनि आफ्ना विभिन्न गतिविधिहरु ‘स्पोन्सर्ड’ गरेर फेसवुकमा विज्ञापन गरिरहेका छन् ।

नेतामात्रै होइन, पछिल्लो समय सञ्चारमाध्यम, उद्योगी, व्यवसायीहरु समेत सामाजिक सञ्जालमार्फत आफ्नो उत्पादनको विज्ञापन गर्ने गरेका छन् । सामाजिक सञ्जालमा धेरैको पहुँच हुने कारणले पनि सामाजिक सञ्जालमा विज्ञापन गर्नेको संख्या बढ्दो मात्रा छ ।

सरकारले यसका लागि नियमन गर्न भन्दै विधयेक संसदमा दर्ता समेत गराइसकेको छ । एउटा सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित भइसकेको छ ।

अर्को सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउने व्यवस्था समेटिएको विज्ञापन नियमन ऐन पनि लागू भइसकेकको छ । यो ऐनमा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत नियमन गर्ने व्यवस्था गरिएको छ ।

  • १७ माघ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !