सरकारी जग्गा फिर्ता गर्न सहमति जनाउँदा नेकपाका महासचिव भ्रष्टाचार मुद्दाबाट जोगिए

आजभोलि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरको छ ।

अक्तियारले यसरी १ सय ७५ जनालाई प्रतिवादी बनाउँदा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई भने क्लिन चिट दिएको छ ।

आयोगले विशेष अदालतमा दायर भएको मुद्दामा १ सय ७५ जनालाई प्रतिवादी र ६५ जनालाई ‘जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र’ प्रतिवादी बनाएको छ ।

तर, बहालवाला न्यायाधीश रेग्मी र नेतापुत्र पौडेललाई भने ‘जग्गा जफत गर्ने प्रयोजनका लागि’ समेत प्रतिवादी बनाइएको छैन । 

यसबारे आम सर्वसाधारणमा चासो देखिएको छ ।

बालुवाटारस्थित ललितानिवासको जग्गा नेपाल सरकारलाई फिर्ता गर्न न्यायाधीश कुमार रेग्मी र नेकपाका महासचिव विष्णु पौडेलका छोराले सहमति जनाएपछि उनीहरूलाई अक्तियारले प्रतिवादी नबनाएको हो ।

उता कसैले भ्रष्टाचार गरेको सम्पत्ती फिर्ता गरे मुद्दा नचलाउने नजिर स्थापित हुने भ्रष्टाचार विरोधी अभियानकर्मीहरूले धारणा व्यक्त गरेका छन् ।

  • २२ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !