पुस्तकमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसङ्घद्वारा देशभर विरोध प्रदर्शन

आजभोलि

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आइतबार देशभर विरोध गरेको हो ।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए ।

  • १८ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !