लकडाउनका कारण कालिमाटीमा कुहिन थाल्यो तरकारी

आजभोलि

कोरोना त्रास बढेसँगै उपभोक्ता घटेपछि कालिमाटी तरकारी बजार अचेल सुनसान देखिन थालेको छ ।

मंगलबारदेखि जारी लकडाउनका कारण उपत्यकाको तरकारीको थोक बिक्रि केन्द्र रहेको कालिमाटी बजारम अधिकांश तरकारी तथा फलफूल कुहिन थालेका छन् ।

बिहान २ बजे देखि ६ बजे सम्म खरिद बिक्रि गर्न निश्चित समय तोकिए पछि काठमाडौँ आएको तरकारी राम्रो सँग बिक्रि भएको छैन । रामो सँग बिक्रि नभएको हरियो तरकारी कुहिएर फाल्नुपरे पछि काठमाडौँ महानगरले कीटनासक औषधी छर्कनु परेको छ ।

स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजार सम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन् । तरकारी कुहिएर जान थालेपछि मूल्य बढेको छ ।

कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन् । यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहक बीच सम्बन्ध टुट्नका साथै किसानको तरकारीजन्य उत्पादन खेतबारी तथा टनेलमा नै छन् ।

  • १५ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !