हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउनु : देउवा

आजभोलि

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउन निर्देशन दिएका छन् ।

सभापति देउवाले शुक्रबार ट्वीट गर्दै समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई खाना र खाजासहितको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

काठमाडौंलगायत जिल्लाबाट नागरिकहरू हिँडेरै घर गइरहेको र खाना–खाजा नपाएर अलपत्र परेपछि सभापति देउवाले खाना, खाजा र बसोबासको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

‘लकडाउनको कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदलै घर गइरहेका नागरिकहरूलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथीहरूले सामाजिक दूरी कायम गरी आ–आफ्नो क्षेत्रमा खाना र राति भए बासको प्रवन्ध मिलाउन म आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

सरकारले पर्याप्त राहत दिन नसक्दा दैनिक ज्यालामजदुरी गरि खाने मजदुरहरू हिँडेरै गन्तव्यमा गइरहेको कांग्रेसले बताएको छ ।

देउवाले सरकार निमुखालाई सहयोग गर्नतिर भन्दा दर्शकमात्रै भएर बसेको पनि आरोप लगाएका छन् ।

  • ६ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !