जापानमा लगाइएको आपतकाल अन्त्य भएको प्रधानमन्त्री आबेद्धारा घोषणा

आजभोलि

जापानी प्रधानमन्त्री सिन्जो आबेले देशभर जारी गरिएको संकटकाल हटाइएको घोषणा गरेका छन् ।

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री आबेले देशभर जारी गरिएको संकटकाल हटाइएको घोषणा गरेका हुन् । अप्रिल महिनाको ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।

जापानभर मे ३१ तारिखसम्म आपतकालिन अवस्था घोषणा गरिएपनि यसअघिनै ४२ वटा प्रिफेक्चरमा अपातकाल रद्द गरिएको थियो । आईतबार आपतकाल बाँकी रहेका राजधानी टोकियो सहित पाँच प्रिफेक्चरमा कोरोना संक्रमणको दर नियन्त्रणमा आएको भन्दै सरकारले आपतकाल रद्द गर्ने निर्णय गरेको थियो । सोही अनुसार जापानको ४७ वटै प्रिफेक्चरमा घोषणा गरिएको आपतकाल सोमबारबाट लागू हुनेगरि रद्द गरिएको छ ।

पहिलो चरणमा एक महिनाका लागि घोषणा गरिएको आपतकाल अवधिमा संक्रमण नियन्त्रणमा नआएपछि सरकारले मे ७ तारिखबाट महिनाको अत्यसम्म आपतकाल लम्ब्याउने निर्णय गरेको थियो । अनिश्चितताका बिच संक्रमणदर घट्दै जाँदा मे १४ तारिखमा सरकारले ३९ वटा प्रिफेक्चरबाट आपतकाल हटाएको थियो ।

कोरोना संक्रमण नियन्त्रण प्रभावकारी बन्दै गएपछि प्रिफेक्चर सरकारको अनुरोधमै केन्द्र सरकारले गत बिहिबार उच्च संक्रमण रहेका ओसाका, ह्योगो र क्योतोमाथीको आपतकाल समेत रद्द घोषणा गरेको थियो । आपतकालीन अवस्था घोषणा रद्द गर्दै प्रधानमन्त्री आबेले अझैपनि कोरोनाको जोखिम उच्च रहेकोमा जोड दिएका छन् ।

दोस्रो चरणमा कोरोना संक्रमण फैलनसक्ने तर्फ सचेत गराउँदै उनेले नयाँ शैलिमा जीवन सञ्चालन गर्न सबैमा आग्रह गरेका छन् । सरकारले छिट्टै नयाँ जीवनशैली बारेको निर्दे्शिका जारी गर्ने समेत उनले बताए ।

जापानमा हालसम्म कोरोनाका कारण ८ सय २० जनाको मृत्यु भएको छ भने १६ हजार ५ सय ५० जना संक्रमित भएका छन् । जसमध्य १३ हजार ४ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !