कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु

आजभोलि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बाराको कलैयाका ७० वर्षिय वृद्धको मृत्यु भएको दिएका छन् ।

मृतक वृद्धको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । स्वास प्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको ३ गते स्वाव संकलन गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको उनले बताए । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मीका एक एक जनाको मृत्यु भएको थियो ।

यसैबीच, नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् । सम्मेलनमा व्यवस्थापना महाशाखाका निर्देशक भोग्रेन्द्रराज डोटेलले विभिन्न जिल्ला प्रदेशलाई १८ हजार भिटिएम वितरण गरिसकेको र १२ हजार मौज्जाद रहेको बताए ।

त्यसैगरी २ लाख ५ हजार भिटिएम खरिद गर्नका लागि खरिद प्रक्रियाका अगाडि बढाएको उनले जानकारी दिए ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !