डब्लूएचओद्वारा कोभिड-१९ मा औलोविरूद्धको औषधिको परीक्षणमा रोक

आजभोलि

विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोना सङ्क्रमण भएका बिरामीमा प्रयोग गर्न रोक लगाएको छ ।

संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो ।

विभिन्न देशमा अहिले औषधिको परीक्षण भैरहेकोमा सावधानी अपनाउनको लागि भन्दै अस्थायी रुपमा परीक्षण रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको बीबीसीले उल्लेख गरेको छ ।

एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना सङ्क्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यो निर्णय आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आएका छन् ।

गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो।

यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो।डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको निर्णय कुनै समस्यासँग जोडिएर नभएकोु बताए।

हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोभिड १९ का लागि प्रयोग गर्न सुझाएका छैनन्।

  • १३ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !