अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

आजभोलि

चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस महामारीले सबैभन्दा धेरे प्रभावित भएको अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ सय ७४ जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार १ सय ९२ पुगेको कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्समा उल्लेख छ ।

संक्रमितमध्ये ४ लाख ७८ हजार ४ सय ७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार २ सय ६ जनामध्ये १७ हजार १ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वका २ सय १५ देश र २ वटा पानि जहाजमा फैलिएको कोरोनाका कारण हाल विश्वलाई नै आक्रान्त पारिरहेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी हो ।

  • १४ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !