बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

आजभोलि

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताएका छन् ।

सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो । यससँगै कोरोनाबाट नेपालबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

यसैबिच, नेपालमा आइतबार थप १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । तनहुँका एक जना, स्याङ्जाका दुई जना, पर्साका ५ जना, कालीकोटमा १३ जना, दैलेखका १८ जना, बाजुरामा एक जना, सल्यानका २५ जना, सुर्खेतका एक जना, कपिलवस्तुका एक जना, बाँकेका ८ जना, सप्तरीका १२ जना, कैलालीका तीन जना, बाजुराका २ जना, झापाका ४ जना, मोरङका एक जना, धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

त्यस्तै देशभर एक लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै अस्पतालमा उपचारतको संख्या १ हजार ३ सय ४९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २ सय २० पुगेको छ । त्यसमध्य १ सय ७२ पुरुष र ४८ महिला छन् ।

  • १८ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !