कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजारबढी संक्रमित, ३ लाख ७७ हजारबढीको मृत्यु

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या ६३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ६३ लाख ६१ हजार ८ सय ७९ पुगेको हो । जसमध्ये २९ लाख भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । ३० लाख ८४ हजार ६ सय ८२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेकोमा ५३ हजार ३ सय ९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डो मिटर्सले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमबाट ३ लाख ७७ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिका भएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ६ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १८ लाख ५९ हजार ४ सय ४१ पुगेको छ ।संक्रमितमध्ये ६ लाख १५ हजार ३ सय १५ जना उपचारपछि निको भइसकेका छन् ।

यस्तै, ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख २९ हजार १८ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार ४६ पुगेको छ । संक्रमितमध्ये २ लाख ११ हजार ८० जना पूर्णरूपमा निका भइसकेका छन् ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !