मोदीलाई पशुपतिनाथ र मुक्तिनाथको आशिर्वाद लिएर सच्चिन प्रवक्ता श्रेष्ठको आग्रह

आजभोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सच्चिन आग्रह गरेका छन् ।

मंगलबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका हुन्

नेपाल र नेपाली जनता भारत विरोधी हुन नसक्ने भन्दै नेपालको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा उभिनु आफ्नो कर्तव्य रहेको उनको भनाई छ । उनले नेपाल कुनै पनि छिमेकीकाविरुद्ध नलाग्ने बताए ।

उनले तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

उनले भारतसँग सीमा अतिक्रमणको समस्या रहेको भन्दै भूमि फिर्ता गरेपछि समस्या समाधान हुने बताए । असमान सन्धी सम्झौता खारेज गर्दै नयाँ सन्धी सम्झौता गर्नुपर्ने बताए । श्रेष्ठले सन् १९५० को सन्धी खारेज गरी नयाँ सन्धी सम्झौता गर्नुपर्ने बताए । उनले भारतलाई कुटनीतिक तत्काल वार्ताका लागि आग्रह गरेका छन् ।

भारतले वार्ता गर्ने भनेपनि मिति तय नगरेको भन्दै वार्ता व्यवहारिक रुपमा वार्ता सुरु गर्न आग्रह गरे । उनले चीनको भौगोलिक अखण्डातामा बल पुग्ने काममा साथ नदिन आग्रह गरेका छन् ।

उनले सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखाएको बताए । उनले सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको बेला भएको सम्झौताको आत्मसमीक्षा गर्न चीनलाई आग्रह गरे ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !