नेपाल प्रहरीमा दलित सेल निर्माण गर्न सरकारलाई संसदीय समितीको निर्देशन

आजभोलि

काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले पश्चिम रुकुम घटनाका दोषीलाई निष्पक्ष ढंगले कानुनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको निःशुल्क उपचार गर्न निर्देशन दिदै दोषीलाई निष्पक्ष ढंगले कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न पनि निर्देशन दिएको छ । दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए । उनले घटनास्थलमा प्रहरी ढिला पुगेको स्वीकार गर्दै कमजोरी पाइए विभागीय कारबाही हुने स्पष्ट पारे ।

त्यस्तै महान्यायाधिवक्ता अग्नि खरेलले ५ जनाको हत्या भएको र एकजना बेपत्ता रहेको रुकुम घटनामा न्याय गरिने बताए । उनले केही घटनाहरुमा अनुसन्धान ढिलाई भएको भन्दै रुकुम घटनामा भने त्यस्तो नहुने स्पष्ट पारे ।

समिति सदस्यहरुले उक्त घटनामा संसदीय छानविन समिति गठन हुनुपर्ने बताए । उक्त घटनाको अनुसन्धान फितलो भए सदनमा नै चर्को आवाज उठाउने चेतावनी उनीहरुले दिए ।

यहि जेष्ठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार लगाएतको मृत्यु भएको थियो ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !