कोरोना नियन्त्रण तथा रोकथाममा ९ अर्व ८७ करोड रुपैयाँ खर्च

आजभोलि

काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्व ८७ करोड रुपैया खर्च भएको सरकारले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना महामारी लगतै चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा उक्त रकम खर्च भएको जनाएको हो ।

जसमध्ये केन्द्र तहबाट ६ अर्व ३ करोड, प्रदेश तहबाट १ अर्व ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्व ७६ करोड खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । कोरोना उपचार तथा नियन्त्रण कोषको कामका बारेमा पनि छलफल भएको बिडारीले बताए ।

कोषमा भएका रकम कोरोना नियन्त्रण तथा रोकथाम, क्वारेन्टाइन तथा राहतका लागि पनि प्रयोग गरिने उनले जानकारी दिए । बुधबार स्वास्थ्य क्षेत्रका बिज्ञहरुसंग छलफल गरेको उनले बताए । बिज्ञहरुको सुझावमा तह तह गरेर लकडाउन खुकुलो पारेर लैजाने सुझाव आएको बिडारीले बताए । बिहीबार पनि सरोकारवाला निकायसंग छलफल गर्ने र बन्दाबन्दीको नयाँ मोडालिटिको खाका तयार हुने समितिले जनाएको छ ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !