विश्वभर ३१ लाख ६९ हजारबढी कोरोना मुक्त

आजभोलि

चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३ सय ३३ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको कुल संख्या ६५ लाख ६८ हजार २ सय ३९ पुगेको छ ।

यस्तै एकैदिन ४ हजार ४ सय २८ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या ३ लाख ८७ हजार ९ सय ५७ पुगेको छ ।

संक्रमितमध्य ३१ लाख ६९ हजार २ सय ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३० लाख ११ हजारबढीको उपचार भईरहेको छ भने ५४ हजार २ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सले जनाएको छ ।

कोरोनाबाट धेरै प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ९ हजार १ सय ४२ पुगेको छ भने १९ लाख १ हजार ७ सय ८३ जना संक्रमित छन् ।

यस्तै, युरोपियन मुलुकहरुमा १ लाख ७६ हजार ४ सय ४६ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २९ हजार ९ सय २९ जना, एसियाली मुलुकहरुमा ३२ हजार ४ सय ६५ जना, दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार २ सय ९३ जना, अफ्रिकी मुलुकहरुमा ४ हजार ६ सय २७ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !