गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५४ पुग्यो

आजभोलि

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी क्षेत्री स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ वडीगाड गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २१ र २१ का २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्वत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको निर्देशनालयले जनाएको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !