नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो,संक्रमितको संख्या २६ सय नाघ्यो

आजभोलि

नेपालमा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पाल्पाका पूर्वखोला गाँउपालिकाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनएका छन् ।

भारतबाट पाँच दिन अघि आएका उनी क्वारेन्टाइनमा रहेकामा स्वास्थ्यमा समस्या आएपछि मिसन अस्पताल भर्ना गरिएको थियो । उनको जेठ २० गते निधन भएको र स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ३४ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

अहिले सम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नारायणी अस्पताल विरगंजबाट ५ जना र कलैया अस्पतालबाट ७ जनागरी १२ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !