लकडाउनको आगामी कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई मन्त्रिपरिषदको निर्देशन

आजभोलि

काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने भैनसकेको बताइएको छ ।

लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिएका छन् । समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने जनाइएको छ । सरकारले पछिल्लो पटक लम्ब्याएको लकडाउनको अवधि आगामी जेठ ३२ गतेसम्म छ ।

शुरुमा एक साताका लागि भनेर चैत ११ मा घोषणा गरिएको बन्दाबन्दी त्यसयता लगातार कायम राख्दा सर्वसाधारणको जनजीवन कष्टकर हुन थालेको छ । यसले बन्दाबन्दीको स्वरुप्प परिवर्तन गर्न सरकारमाथि चौतर्फी दबाब बढेको छ । सरकारले लकडाउनको स्वरुप परिवर्तन नगरेको भन्दै व्यवसायीले बिहीबारदेखि बजार पसल खोल्न थालिसकेका छन् ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !