हामीलाई न्याय चाहियो भन्दै ट्रम्पबिरुद्ध अमेरिकाभर बृहत प्रदर्शन

आजभोलि

एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम अन्तिम चरणमा प्रवेश गर्दा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध प्रर्दशन भइरहेका छन् । डेमोक्र्याट समर्थकहरुले ट्रम्पले कानुनीराजको उपहास गरेको भन्दै प्रर्दशन गरिरहेका छन् ।

अमेरिकी राजधानी वासिन्टन डिसीमा ट्रम्पबिरुद्ध बिशाल प्रर्दशन भएको छ । उनीहरुले हामी लाई न्याय चाहियो, अन्याथा, शान्ति नहुने भन्दै प्रर्दशन गरिरहेका छन् ।

ह्वाइटहाउस बाहिर पनि प्रर्दशन भएको छ । उक्त प्रर्दशनमा सामान्य झडप भएको बीबीसीले जनाएको छ ।  प्रर्दशनमा तीन जना पक्राउ गरेको जनाइएको छ ।

क्यालिफारनिया, नर्थ क्यारोलाइन, पोर्टल्याण्ड तथा न्यूओर्क लगायतमा प्रर्दशन भइरहेका छन् । प्रर्दशनपछि बजारहरु बन्द हुन थालेका छन् । मानिसमा एक प्रकारका डर पैदा भएको संचार माध्यमले जनाएका छन् ।

निर्वाचन जसले जितेपनि प्रर्दशनले बृहत रुप लिने आशंका गरिएको छ । मुख्य शहरहरुमा सुरक्षा तैनाथी बढाएको छ ।

अहिलेसम्म अलजजीराका अनुसार जो बाइडेन २३८ सहित अग्रता कायमै छ भने डोनाल्ड ट्रम्प २१३ सहित कडा प्रतिस्पर्धा भइरहेको छ । सम्पूण परिणाम आउन भने केही समय लाग्ने जनाएको छ ।

फोटो रोयटर्स

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !