ओलीले गरे नेपाल र रावललाई पार्टीबाट निलम्बन

सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्न चेतावनी

आजभोलि

पूर्व प्रधानमन्री तथा नेकपा (एमाले) नेता माधव नेपाल र भीम रावल ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बनमा परेका छन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी सदस्यबाट निलम्बन गरेका हुन् ।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ को धारा ४९ () अनुसार ६ महिनाका लागि अध्यक्ष ओलीले निलम्बन गरेका हुन्।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन्। 

निलम्बन अवधिमा सच्चिएर आए निलम्बनको अवधि घटाउन सकिने ओलीले पत्रमा उल्लेख गरेका छन्।

ओलीले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्न चेतावनी समेत दिएका छन्।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !