निधि, कोइराला र सिंहबीच व्यापक छलफल

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं मआधिवेशनलाई लक्षित गरी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ । उक्त छलफल महाराजगञ्जस्थित कोइराला निवासमा तीन नेताबीच छलफल भइरहेको हो ।

कोइरालालाई भेट्न निधि र सिंह महाराजगन्ज पुगेका हुन् । यसअघि निधि निवासमा तीन नेताबीच छलफल भएको थियो । भेटमा प्रतिनिधिसभा विघटनको मुद्दामाथिको बहस, महाधिवेशनको तयारी र नेतृत्व फेरबदलका सन्दर्भमा छलफल भइरहेको बुझिन्छ ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, महेन्द्र नारायण निधि र गणेशमान सिंहका सुपुत्रत्रय निधि, सिंह र कोइराला पनि सभापति पदका आकांक्षी हुन् । आगामी १४ औं महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा तीन नेताबीच छलफल भइरहेको हो ।

उनीहरूबीच नेतात्रयको अवधारणाअनुरुप अघि बढ्ने विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ ।  उता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनमा क्रियाशील सदस्य नवीकरण गर्दा धाँधली भएको दाबी गर्दै पौडेलले आफू निकट नेताहरूको भेला बोलाएका हुन् ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !