कांग्रेसभित्र को–को छन् त सभापतिमा दावी गर्ने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुने करिब महिना दिन मात्र बाँकी रहँदा पार्टी नेताहरुले भेटघाट र छलफलमा दौडधूप बढाएका छन् । कांग्रेस नेतृत्वको बागडोर सम्हाल्न जोड घटाउन र समीकरणको चर्चाले गाउँघर मात्र होइन, राष्ट्रिय मिडियादेखि सामाजिक सञ्जालसमेत भरिभराउछन् ।

महाधिवेशन लक्षित गरेर पार्टी सभापति शेरबहादुर देउवाले भेटघाट सुरु गरेपछि अन्य नेताहरुले पनि न्वारनदेखिको बल निकायलेर अभियानमा जुटेका छन् । यसपटक संस्थापन र संस्थापन इतर भनेर खासै चर्चा भएको छैन । प्रकाशमान सिंह, डा.शशांक कोइराला र विमलेन्द्र निधिको समीकरणले पछिल्लो समय चर्चा यतिबेला चर्चाको शिखर चुमेको छ ।

यी तीनजनाबाट साझा उम्मेदवार छान्ने प्रयास भइको छ । यसका लागि हिजोआज खुबै छलफल बहस भइरहेको छ । त्यो भित्री रुपमा छलफल कसरी तयारी भएको चुरो कुरो बाहिर आएको छैन । तर, बाहिर सार्वजनिक हुँदा कार्यकर्तालाई सकरात्मक सञ्चार प्रवाह हुने अभिव्यक्ति यी तीनजनाले दिने गरेका छन् ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्ना सहयोगीसँग भेटघाटमा व्यस्त छन् । सिंह, निधि र कोइरालाको तुलनामा पौडेलको भेटघाट त्यत्ति तेजिलो देखिँदैन । कोरोनाका कारणले पनि पनि उनले चाहेजसरी भेटघाट गर्न नपाएको उनका सहयोगीहरु बताउँछन् । आफूभन्दा पनि दोस्रो पुस्ताका नेताहरुको सक्रियताले पौडेलको भेटघाट ओझेलमा परेको देखिन्छ ।

नेपाली कांग्रेसका अगाडिका महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको निर्णायक प्रतिस्पर्धा हुन्थ्यो भने यसपालि त्यस्तो देखिएको छैन । अहिलेसम्मको अवस्थालाई हेर्दा दोस्रो पुस्ताका नेतात्रयबाट नेतृत्वको लागि केन्द्रित रहेर भेटघाट र छलफल तीब्र पारिएको देखिन्छ ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !