नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउसो २ बजे बस्दै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैंक आज बस्दै छ । बिहीबार बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक आज शुक्रबार बस्ने भएको हो । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताको कारण हिजा बस्ने भनिएको बैठक स्थगित गरिएको हो । पार्टीको १४औैं महाधिवेशन र समसामयिक राजनीतिमा विषयमा छलफल गर्नका लागि आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ ।

आज बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच व्यापक छलफल गर्ने तयारी छ । काँग्रेसले १३औँ महाधिवेशनमा ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्यता रहेकोमा आसन्न १४औँ महाधिवेशनसम्म सो संख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको थियो ।

१३औं महाधिवेशनमा नेपाली काँग्रेसको विधान अनुसार क्षेत्रीय सभापतिसहित १२ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए । १४औं महाधिवेशनमा सत प्रतिशत बृद्धि गरी क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि बनाइएको छ । १३औं महाधिवेशनमा २ हजार ८८० जना महाधिवेशन प्रतिनिधि, भ्रातृ एवं शुुभेच्छुक १८ संस्थाका ९८ प्रतिनिधि, विदेश स्थित १७ जनसम्पर्क समितिका १२६ र निवर्तमान केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य ८४ जना गरी ३ हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागि थिए ।

२०७२, माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशनसँगै काँग्रेसको महाधिवेशन प्रकृया शुरु भएको थियो । नेपाली काँग्रेसको १३औं महाधिवेशन २०७२, फागुुन २० गतेबाट शुरु भएको थियो । नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८, भदौ १६ गतेबाट शुरु हुने निर्धारित कार्यक्रम रहेको छ । यता, क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरिएको छ ।

तर अहिले पार्टीको वेबसाइट भने खुल्दैन अर्थात् बन्द गरिएको छ । क्रियाशिल सदस्यको इन्ट्रि भएपछि खुल्ने अपेक्षा गरिएको छ । पार्टीको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क २ रुपैयाँ छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क ३ सय रुपैयाँ बनाइएको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउनभित्रै अधिवेसन गरिसक्न केन्द्रीय समितिले निर्देशन दिएको छ । केन्द्रीय अधिवेशन भने भदौ १६ गतेदेखि १९ गतेसम्म हुने भनिएको छ ।

 

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !