कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

आजभोलि

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य जारी गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् ।

अबदेखि ७७ वटै जिल्लामा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन १ गतेको पत्रमा उक्त उल्लेख निर्णय भएको हो ।

साथैे १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई सूचना गरेर खोप दिने भएको छ ।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने छन् ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !